उपचार अभावमा पाँच वर्षदेखि फलामे खोरमा

एउटा मानिस आफ्नै घरमा फलामको खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा, बोखीका उदयनारायण दाहाललाई पाँच वर्षदेखि फलामको खोरमा थुनेर राखिएको छ । घरको एउटा कुनामा राखिएको फलामे खोरसम्म, ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले नै पु¥याएको हो । वैदेशिक रोजगारीका लागि दाहाल विसं २०६३ मा दुवई…