कांग्रेस कार्यसमितिलाई पूर्णता दिने कार्य किन बन्यो जटिल ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने अन्तिम कसरतमा जुट्नुभएको छ । पचासीजनाको केन्द्रीय कार्यसमितिमा नौ सदस्य पद रिक्त रहेको छ भने पार्टीको उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न बाँकी छ । तेह्रौँ महाधिवेशनमा देउवासँग सभापतिमा पराजित नेता रामचन्द्र पौडेल पक्षले उपसभापति या महामन्त्रीमध्ये एक र नौमध्ये चार सदस्य आफूहरूले पाउनुपर्ने दाबी…