बादल गए पनि पार्टी एकीकरण हुँदैन : गजुरेल

प्रचण्ड नेतृत्वको एनेकपा माओवादी र वैद्य नेतृत्को नेकपा क्रान्तिकारी माओवादीबीच पार्टी एकीकरण हुने चर्चा जोडतोडले चले पनि तत्काल एकताको सम्भावना नरहेको वैद्य माओवादीका उपाध्यक्ष सिपी गजुरेलले प्रस्ट्याएका छन् । एकीकृत नेकपा (माओवादी) पार्टीसँग तत्काल पार्र्टी एकता गर्ने सम्भावना नरहेको दाबी गर्दै नेता गजुरेलले आफ्नो पार्टीका महासचिव रामबहादुर थापा ‘बादल’को एउटा समूह पार्टी फुटाएर एकतामा गए…