बहिष्कृत भए सिटौला र गगन

नेपाली कांग्रेसमा आफ्नो बेग्लै हैसियत बनाउन कस्सिएका कृष्णप्रसाद सिटौला र गगन थापालाई सप्तरीका कांग्रेस नेता तथा कार्यकर्ताले बहिष्कार गरेका छन् । सिटौला र थापा गत सोमबार (जेठ १० गते) सप्तरीका नेता र कार्यकर्तालाई प्रशिक्षण दिने बहाना बनाएर राजविराज पुगेका थिए । उनीहरूसँगै केन्द्रीय सदस्य धनराज गुरुङलगायत कार्यक्रमस्थलमा गएकोमा जिल्लाका सबैजसो नेता र कार्यकर्तारूले बहिष्कार गरेको…