फागुन १६ देखि धादिङ महोत्सव हुने

साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति धादिङद्वारा यही फागुन १६ गतेदेखि २७ गतेसम्म नीलकण्ठ नपा–४ धादिङबेसी रायटारमा धादिङ महोत्सव–२०७४ को आयोजना गरिँदैछ । ‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने…