भाद्र कृष्ण औँशी अर्थात् बाबुको मुख हेर्ने दिन सोमबार बिहानैदेखि उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष झै यसवर्ष पनि भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा भक्तजनहरको घुइचो लागेको हो । गोकर्णमा लाग्ने भीडका कारण यो पर्वका दिन बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको करिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिने गरेको महानगरीय…