स्थानीय तहलाई दिइएको अधिकारबारे कतिपय पक्षबाट प्रश्न उठिरहेका बेला प्रदेशको संरचना र हैसियतबारे सर्वत्र जिज्ञासा पैदा भएको छ । सङ्घीय संरचनाका सूत्रधारहरूसमेत प्रदेशको प्रशासनिक संरचना र अधिकारबारे स्पष्ट छैनन् । तथापि प्रदेशको प्रशासनिक संरचनाका लागि गृहकार्य भने तीव्र गतिमा अघि बढिरहेको छ । प्राप्त जानकारीअनुसार राजनीतिक र प्रशासनिक संरचनाका सन्दर्भमा एकैपटक काम अघि बढेको छ…