नेपाल प्रहरीले केन्द्र र प्रदेश प्रहरीको पोशाक एकै खालको बनाउन गृहमन्त्री जनार्दन शर्मालाई सुझाव दिएको छ । संघीय संरचनामा प्रहरीलाई कसरी लैजाने भन्नेवारे मन्त्री शर्माले गृहमन्त्रालयमा गरेको छलफलमा प्रहरी अधिकारीहरुले यस्तो सुझाव दिएका हुन । उनीहरुले अलग–अलग पोशाक बनाउँदा केन्द्र र प्रदेश प्रहरीको मानसिकता विभाजित हुने भन्दै पोशाकमा एकरुपता ल्याउन गृहमन्त्रीलाई आग्रह गरेका छन् ।…