बेथितिका कारण राजधानीका सडकमा पैदा भएका खाल्डाखुल्डीले निकै दुर्घटना निम्त्याइसकेको छ भने कतिपयको ज्यान नै लिएको छ । सडक विभाग, महानगरपालिका, खानेपानी र ढल निकास जस्ता निकायबीच एकले अर्कोलाई जिम्मेवार देखाएर आफू चोखिने होडबाजी देखिन्छ । यस प्रवृत्तिले समस्या भने जहीँको तहीँ रहेको छ, जसले सर्वसाधारणको सास्ती बढाएको छ । मिडिया एवम् नागरिक तहबाट यसबारे…