विशेष प्रतिनिधि, टोकियो (जापान) सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट प्रभावित भएका क्षेत्रमा उद्दार तथा अत्यावश्यक सामग्रीको आपूर्ति २४सै घण्टा जारी रहने जापानी प्रधानमन्त्री किशिदा फुमुयोले बताएका छन् । भूकम्पबाट प्रभावित क्षेत्रका मेयरहरुले तत्काल खानेपानी अभाव, विद्युत् कटौती, उद्दार गरिएकाहरुको लागि खाद्यान्न सहित जाडो समय भएकाले ब्ल्यांकेट लगायतको अत्यावश्यक सामग्री पर्याप्त नभएकाले माग भएको…