पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी पोर्चुगलमा सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु. पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिएका छन् । शिविरबाट दुई हजार…