एनआरएनएको अध्यक्षमा डा. केसी र थापा भिड्ने, कुल आचार्य ‘रिङआउट’

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ । अध्यक्ष पदमा रसियाबाट डा. बद्री केसी र अमेरिकाबाट रवीना थापाले उम्मेदवारी दर्ता गराएका हुन् । केसी र थापा दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् । संघको निर्वाचन समितिका अनुसार शुक्रबार बेलुका ५ बजेबाट मनोनय दर्ता सकिएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन…