सनत आचार्य संघीय संसद् भवनअघिल्तिर शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका दुई छोरी आराध्या र आरुषीको पठनपाठनका लागि बेल्जियमबासीले संकलन गरेको पाँच लाख रकम प्रतिनिधिसभा सदस्य महेश बस्नेतले बिहीबार इलाममा आयोजित एक कार्यक्रमबीच पीडित पक्षलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले राज्यको नीतिबाट प्रताडित भएर आत्मदाह गरेको हुनाले उनका नाबालक दुई…