०५२ फागुन १ गते जनयुद्धको सुरुवात भएपछि ०५२ चैत १० गते भएको पोलिटब्युरोको बैठकसम्म प्रायः सबैजसो नेता देशभित्रै थिए । चैत १० गते स्याङ्जामा भएको पोलिटब्युरोको बैठकमा प्रमुख नेताहरू सबै उपस्थित थिए । यस बैठकले जनयुद्धको सुरुवात र यसको नेपाली राजनीतिमा परेको प्रभाव तथा आफ्ना कमजोरी र सबल पक्ष र जनयुद्धलाई अब कसरी अघि बढाउने…