सात हजार सदस्यको सत्तरी हजार पाउण्ड कँडेलले पारे झ्वाम

काठमाडौं, ४ भदौ। एनआरएनको जननी बेलायतमा यतिखेर एनआरएनको नाममा कमाउ खेल पनि शुरु भएको छ। एनआरएनको एनसिसि बेलायतको चुनाव गर्न गठित निर्वाचन समितिप्रति असहमति जनाउने नाममा अध्यक्षका आकांक्षी महेन्द्र कँडेल लगायतले सत्तरी हजार पाउण्ड रकम गोजीमा हालेका छन्। प्रत्येक एनआरुएन नेपालीबाट सदस्यता शुल्क बापत संकलन भएको १० पाउण्डका दरले हुने रकम कँडेल लगायतले खल्तीमा हालेका…