उनी ऐतिहासिक गद्दार हुन्—छत्रमानसिंह कार्की

विक्रम सम्वत् २००४ सालमा जन्मिएका छत्रमानसिंह कार्की २०२४ सालमा धरान क्याम्पसमा विद्यार्थी युनियनको सभापति भएपछि राजनीतिक गतिविधिमा सक्रिय भएका थिए । तिनै कार्की ०२९/३० सालमा महेन्द्र मोरङ क्याम्पसमा पनि सभापति बनेका थिए र उनी झापा विद्रोहका अगुवाहरूको सम्पर्कमा पुगेका थिए । युवा उमेर भएको हुँदा क्रान्तिकारी रोमाञ्चकताले कार्कीलाई रामै्रसँग छोएको थियो । भरतमोहन अधिकारी, मनमोहन…