-सुबिसुधा आचार्य, "म हत्यारा हैन, सुन्नु भएन तपाईंहरूले, म हत्यारा हुँदै हैन । सत्ते सत्ते, मेरो आफ्नै प्राणको कसम, पशुपतिनाथले भस्म गरून्, पत्याउनु भएन । श्री मनकामना माईले नाश गरून् मैले झुटो बोलेको भए, म हत्यारा हुँदै हैन ।" "यी हेर्नुस्, के मेरा हातहरू दिन-दहाडै कसैको गला रेट्ने जस्तो छ त ? नियालेर हेर्नुस् पैताला,…