एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन अनन्तलाई झलनाथ खनाल नेतृत्वको सरकारको सम्भावित गृहमन्त्रीको रूपमा चर्चामा आउनुभयो । पार्टीभित्र माओवादी अध्यक्ष प्रचण्डको विश्वासपात्रको रूपमा परिचित अनन्त युवाहरूबीच लोकप्रिय स्पष्ट वक्ता र तर्कशील व्यक्तित्वको रूपमा पनि परिचित हुनुहुन्छ । सातबुँदे सहमतिका सूत्रधारमध्ये एक वर्षमान पुन अनन्तसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंश ।…