आमा:आत्माको खिपिएको रङ

-जोतारे धाइवा, - जुरेली चरीको बक्खु काखीको न्यानोसमान ओइरिइरहने स्नेहधारा, - मुटु छेड्ने पिराहा गालीको रेटिरहने स्रोत । सराबरी दुई हातको एउटा खँदिलो अँजुली । अर्थात् आमा । सायद यही पहिलोपल्ट, आमा भन्ने दुईअक्षरी भाका मेरो लेखनीबाट झङ्कारमा उठेको छ । त्यो पनि विशेष रुपले । यस भूगोलमा कुनै पनि अस्तित्त्वलाई आफू हुनुको बोध गराउने…