राजदूत चालिसेद्वारा लण्डनमा राष्ट्रको बखान

लण्डन । गत १२ गते शनिबार सरिको रिचमण्डस्थित एथलेट ग्राउण्डमा 'नेपाली मेला-२०१०' भव्य रूपमा सम्पन्न भएको छ । मेलामा बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसे प्रमुख अतिथि हुनुहुन्थ्यो भने लण्डनका डेपुटी मेयर रिचार्ड बार्न, रिचमण्डका मेयर डेभिड मार्लोलगायत अन्य नेपाली सङ्घसंस्थाका अध्यक्षहरू अतिथि रहेका थिए । आयोजक संस्था तमु धिं युकेका अध्यक्ष सुवाससिंह गुरुङको सभापतित्व…