द्वन्द्व पुनरावृत्तिको प्रबलता

आफ्नै नेतृत्वमा सरकार नबनेसम्म नरोकिने उद्घोषका साथ सुरु गरिएको आमहडताल स्थगित गरेर एकीकृत नेकपा माओवादीले राजनीतिक चरित्र प्रदर्शनको प्रयत्न मात्र नगरी जनभावनाको कदर र परिस्थितिको गम्भीरता ठम्याउने सुझबुझ पनि देखायो । सबभन्दा ठूलो दल र विशेष साङ्गठनिक विषेशतायुक्त हुनुको नाताले चाहेको बेला चाहेजति कार्यकर्ता आन्दोलनमा उतार्न सक्ने माओवादी-खुवीसँग अन्य राजनीतिक शक्तिहरू थप जानिफकार हुन पाए…