विहानको चार बजे बाहिर चहकिलो उज्यालो भइसकेको हुन्छ । सखारै कागहरु घरको छानामाथि बसेर कराउन थाल्दछन् । यो दिनको थालनी केही अपचलाग्दो भएकै सन्दर्भमा पनि विहानी भने स्वस्थकर लाग्दो हुन्छ । चहकिलो उज्यालोमा पूर्वी क्षितिज पहेँलिएर आएपछि म सडकमा निस्कन्छु, दायाँ-वायाँ पार्क गरिएका गाडीहरुबाहेक सडक शून्य हुन्छ, तर चराचुरुङ्गीहरुको भने दिनको अत्यन्तै व्यस्त प्रहर शुरु…