भारत सरकारले नेपाली जुट उत्पादनमा लगाउँदै आएको सीभीडी (Countervailing Duty) खारेज गरिदिएको छ । अनेक बाधा–व्यवधानका कारण नेपालका जुट उद्योगहरू रुग्णावस्थाबाट गुज्रिएको परिवेशमा भारत सरकारले लगाएको सीभीडीका कारण जुटको भारत निर्यातमा रोक लगाइएको थियो भने नेपाल सरकारले भारतसमक्ष सीभीडी हटाउन आग्रह गर्दै आएको थियो । भारत सरकारले जुट उत्पादनमा सीभीडी मुक्त गराउनुका अलावा सीमा शुल्कमा…