दिवानी दीपेन्द्रसँग विवाह गर्न अत्यन्त लालयित थिइन् । त्यसका निम्ति दीपेन्द्रलाई त उनले काबुमा लिएर तयार गरेकै थिइन्, परिवारका सदस्यहरूलाई मनाउने सफलता भने उनलाई मिल्न सकेन । सचिवालयका कर्मचारी र अङ्गरक्षकहरूलाई आर्थिक सहयोग गरेर दिवानीले प्रभावमा पारेकी थिइन् । समय–समयमा दिवानीले दीपेन्द्रको सचिवालयका कर्मचारी तथा अङ्गरक्षकहरूलाई उपहार पनि दिने गर्थिन् । दीपेन्द्रको वरिपरि दिवानीले यस्तो…