■ त्रिभुवनचन्द्र वाग्ले ऊ, गाउँको मान्छे नाक छोपेर हिँड्छ माक्स लगाएर बोल्छ धुलो छैन, धुवाँ छैन र पनि नाकमुख छोपेर हिँड्छ ऊ मैले सोध्न पाइनँ उसले भन्न चाहेन ऊ, लाजले नाक छोप्दो हो ग्लानिले मुख ढाक्दो हो ऊ सायद सिंहदरबार सुघ्न चाहन्न र, नाक छोपेर हिँड्छ, ऊ, सायद सिंहदरबारविरुद्ध बोल्न चाहन्न र, मुख थुनेर हिँड्छ,…