भारतीय नेपाली साहित्यमा क्रियाशील युवा समालोचक रूपेश शर्माको समालोचनात्मक कृति ‘सिर्जना र दृष्टि’माथि राजधानीमा परिचर्चा गरिएको छ । अनामनगरस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा माक्र्सवादी सौन्दर्यशास्त्री निनु चापागाईं, प्रा.डा. ताराकान्त पाण्डेय र प्राज्ञ डा. अमर गिरीले समीक्षात्मक टिप्पणी गरेका हुन् । आयोजकले ब्यानरमा ‘नवोदित’ शब्द प्रयोग गरेकोमा विमति जनाउँदै चापागाईंले भने, ‘उनी…