कवि, लोकगीतकार तथा न्याउला गायक लालबहादुर खत्री दाहालद्वारा रचित ‘सौराई लागी राइसुवाकी’ नामक न्याउला काव्य–कृति प्रकाशनमा आएको छ । कर्णाली प्रदेशको लोकभाकामा आधारित ‘सौराई लागी राइसुवाकी’ कर्णाली क्षेत्रको भाषामा लेखिएका अत्यन्त सरसपूर्ण कविता (गीत) समेटिएको कृति हो । विपना खण्ड, भावना खण्ड, सपना खण्ड र विवेक खण्ड भनेर चारवटा खण्डमा कवि लालबहादुरका १ सय ७०…