नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा बुधबार (२० चैत)देखि अग्रज कलाकारहरूको सहभगितामा ‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरू भएको छ । नक्सालमा प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले नेपालका लिपिहरू हराइएकोमा चिन्ता प्रकट गर्दै त्यसको संरक्षण जरूरी रहेको बताउनुभयो । सो क्रममा उहाँले भन्नुभयो, 'नेपालका विभिन्न लिपिहरू छन्, ती लिपिहरूलाई प्रदर्शनमा ल्याउन यस्ता प्रदर्शनीहरू एकदमै महत्त्वपूर्ण…