विश्व हिन्दू महासंघको आह्वानमा काठमाडौंमा धार्मिक ऱ्याली देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोधस्वरुप विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा शुक्रबार काठमाडौंमा ऱ्याली निकालिएको छ। विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीको अध्यक्षतामा धर्मनिरपेक्षता खारेज गर, हिन्दू अधिराज्य कायम…