विकासमा साझेदारीको आवश्यकता : मन्त्री थापा

कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कास्की र लमजुङ जिल्लाको सिमानाको विकासका लागि साझेदारीको आवश्यकता रहेको बताउनुभएको छ । कास्कीसँग सीमा जोडिएको लमजुङको मध्यनेपाल नगरपालिकामा बिहीबार आयोजित जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा उहाँले सिमाना जोडिएका जिल्लाको विकास एकआपसको साझेदारीले मात्र सम्भव हुने बताउनुभयो । आसन्न संघीय तथा प्रादेशिक निर्वाचनका लागि क्रियाशील बन्नुपर्ने आजको आवश्यकता भएको बताउँदै…