सदस्यसचिवको बोली बोलीमै सीमित, आउला त सिलवालको राजीनामा ?

श्रीविक्रम भण्डारी गत असार २८ गते जब तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट उत्रिए, त्यसलगत्तै खेलकुद पदाधिकारीको ध्यान राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालतिर तेर्सियो । किनकि, यसअघि बारम्बार सिलवालले सार्वजनिक रूपमै उद्घोष गरेका थिए कि प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट हटे भने म पनि १० मिनेटभित्रै राखेपको सदस्यसचिवको पद छोडिदिनेछु । केपी शर्मा ओली…