समस्याको जड होइन पौडेलको उम्मेदवारी

माधव नेपालको राजीनामा नआएसम्म राजनीतिक निकासको कुनै बाटो खुल्न नसक्ने माओवादीको अडानपछि प्रधानमन्त्री माधवकुमार नेपालले पदबाट राजीनामा दिएको पनि चार महिना बितिसकेको छ । यसबीच सत्तारोहणको भरपूर प्रयत्न गरेर असफल बनेको माओवादी नेतृत्व यतिबेला रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिएसम्म मुलुकले कुनै निकास पाउन नसक्ने रटानमा निर्लिप्त छ । जुन शैलीमा एकपछि अर्को गर्दै अन्य…