युद्धका खाटाहरू – बबिता बस्नेत

'अहिले साउनको महिना छ र म हरियो चुरामा छु, अरूबेला हातभरि टम्म राता चुरा र सिन्दुर-पोते लगाएर हिँड्छु, मेरो श्रीमान् बेपत्ता भएको सात वर्ष भयो, आज आउनुहोला, भोलि आउनुहोला भनेर दिन गन्दागन्दै यत्तिका वर्ष बिते । मानिसहरू भन्छन्- मेरो श्रीमान्लाई लानेबित्तिकै माओवादीले त्यतिबेला मारेका हुन्, तर लास नदेखुन्जेल कसरी विश्वास गर्ने - पाँच मिनेटका लागि…