प्रधानमन्त्री शेरबहादुर देउवाबाट भएको भारत यात्राको अघि र पछि पनि जुन मात्रामा भ्रमणको पक्ष या विपक्षमा चर्चा–परिचर्चा चले, ती सब यतिबेला ओझेलिन पुगेका छन् । भ्रमण–सन्दर्भसँगै जोडिएको बेग्लै बहसले चर्चाको स्थान लिएको छ । देउवामाथि सडकदेखि सदनसम्म एउटै प्रश्नले प्रहार गर्न खोजेको देखियो– ‘संविधान संशोधनजस्तो मुलुकको नितान्त आन्तरिक मामलाबारे हैदराबाद हाउसमा आयोजित सार्वजनिक समारोहमा बोल्दै…