कतार सङ्कटले उब्जाएको प्रश्न

खाडी क्षेत्रका सात मुलुक साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहराइन, यमन र लिबियाले आफ्नो छिमेकी देश कतारसँगको कूटनीतिक तथा व्यापारिक सम्बन्ध विच्छेद गरेको घोषणापछि त्यसको तरङ्ग नेपालसम्म आइपुगेको छ । कतारले आतङ्कवादलाई प्रश्रय दिएकोलगायत आरोप लगाएर एक्ल्याउने र उसमाथि नाकाबन्दी लगाउने उल्लेखित सात मुलुक र कतारबीच सतहमा देखापरेको ‘राजनीतिक अन्तर्य’को लेखाजोखा अलग विषय हो…