देउवाको दायित्व

स्थापनाकालदेखि नै कोइराला परिवारको मुट्ठीमा कैद रहेको पार्टीको रूपमा आलोचित नेपाली कांग्रेसले अन्तत: उक्त दोषमुक्तिको मार्ग अवलम्बन गरेको छ । एक सामान्य नागरिकको तहदेखि सङ्घर्ष, दु:ख–कष्ट, त्याग र उतारचढावका अनेक आयामलाई माध्यम तुल्याएर माथि उठेका शेरबहादुर देउवा मुलुककै पुरानो र सबभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको शीर्ष भूमिकामा विराजमान हुन पुगेका छन् । पार्टीभित्रै प्रजातन्त्रको खडेरी पर्न…