गरे त हुने रहेछ :: बबिता बस्नेत

विगत दुई वर्षअघि भए होली आउन लागेपछि लोला हान्नेहरूबाट कसरी जोगिने भन्ने हुन्थ्यो । होलीको एक हप्ताअघिदेखि घरबाहिर निस्कँदा मनमा त्रास बोकेर निस्कनुपथ्र्यो । फर्किएपछि दिनभरिका दुर्दशाहरू सुनाउन परिवारका सदस्यहरूलाई भ्याइनभ्याई हुन्थ्यो । होलीमा लोला हान्ने कुप्रथा हेर्दा यस्तो लाग्थ्यो कि यसलाई हटाउन सकिएला र ? किशोर–किशोरीको त नाम मात्रै थियो, अधबैंसेहरू पनि हातमा लोला…