कठै प्रजातन्त्र !

इतिहासदेखि अहिलेसम्मका घटनाक्रमलाई हेर्दा यो मुलुकमा प्रजातन्त्र साँच्चिकै फाप्दैन कि के हो जस्तो पनि लाग्छ । प्रजातन्त्रकै नाममा सत्तामा पुग्ने र प्रजातन्त्रलाई अफापसिद्ध गर्न खोज्ने अरू कोही नभएर यो मुलुकका नेताहरू नै हुन् । ०४६ सालको परिवर्तनपछि जनताले नेपाली काङ्ग्रेसलाई एकलौटी सत्तामा पुग्ने बनाए, जसको अर्थ यो मुलुकमा विकासका लागि कसैले बाधा नपु¥याओस्, काम गर्न…