राष्ट्रपतिको कन्तविजोग !

संविधानको संरक्षक तथा पालनकर्ताको रूपमा रहेका नेपालका राष्ट्रपति डा. रामवरण यादव यतिबेला पिँजडाको सुगाबराबर भूमिकाविहीन भएका छन् । राजनीतिक प्रक्रिया अवरुद्ध भएको, प्रमुख दलहरूबीच असमझादरी र अविश्वास बढेको, संविधानको अस्तित्व नै सङ्कटमा परेको यस घडीमा राष्ट्रपतिको भूमिका सर्वाधिक अपेक्षित हुनु स्वाभाविक थियो, तर देश इतिहासकै सबभन्दा कठिन घडीमा आइपुग्दा राष्ट्रपति किंकर्तव्यविमुढ र भूमिकाविहीन देखिएका छन्…