राष्ट्रिय राजनीतिमा मडारिएको अन्योलका बादल !

प्रधानमन्त्री दाहालले कि निर्वाचनको जनादेशअनुसार प्रमुख प्रतिपक्षको भूमिका रोज्नु पर्दथ्यो कि भने काङ्ग्रेस र एमालेसमेतलाई मिलाएर दिगो/दह्रिलो र शक्तिशाली सरकार बनाउनु पर्दथ्यो । तर, उहाँका गतिविधि दुई ठूला पार्टीलाई जुधाएर आफू भाले बन्नेमा केन्द्रित रहँदै आएको छ । जसले गर्दा उहाँलाई सत्ताका लागि साना पार्टीलाई मिलाएर भ्यागुताको धार्नी पुऱ्याउन जहिले पनि धौ-धौ हुनेगरेको छ ।…