२१२ वर्षअगाडि आजकै दिन समुद्घाटन भएको बागमतीको पुल

(इतिहास) ✍ सुनिल उलक दुर्गम गाउँहरूमा बाँस वा काठका फड्के बनाएर खोला तर्ने गरिन्थ्यो । स्थानीय कामीहरू भएको ठाउँ तथा नजिकै खानी भएमा फलामे साङ्लाका झोलुङ्गे पुलहरू बनाइन्थ्यो । चुना सुर्किको जोडाइबाट पक्की पुलहरू भने काठमाडौं उपत्यका तथा काठमाडौं उपत्यकासँग तराइ जोड्ने बाटोमा पर्ने स्थानहरूमा बनाइएको थियो । अन्यत्र खासै बलिया पुल बनाइएको भेटिँदैनथ्यो ।…