नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महीनासम्म पनि एकता पूरा नभएकाले स्थायी…