राष्ट्रिय सभाका सांसदको कार्यकाल गोलाप्रथाबाट टुङ्गो लगाउने प्रक्रिया शुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रिय सभाका सदस्यले वर्णानुक्रमअनुसार आफ्नो पदावधि निर्धारण गर्न गोला तानिरहेका छन् । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले ४ वर्ष लेखिएको गोला तानिन् भने काङ्ग्रेस प्रमुख सचेतक सरिता प्रसाईंले २ वर्ष लेखिएको गोला तानेर आफ्नो कार्यकालको टुङ्गो…