संविधानविपरीत संसद् पदाधिकारी

संविधानमा भएको व्यवस्थालाई लत्याउँदै कम्युनिस्ट सरकारले संसदीय व्यवस्थालाई कानुनविपरीत सञ्चालन गरेको छ । संविधानअनुसार संसदमा रहेका पदहरू फरक दल र फरक लिङ्गका आधारमा प्रतिनिधित्व हुनुपर्ने स्पष्ट व्यवस्थालाई कम्युनिस्टहरूको दबाबमा कानुन मिच्ने काम भएको हो । निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मात्र संसद् तथा प्रदेशमा अध्यक्ष तथा सहअध्यक्ष रहेका छन्…