काठमाडौंबाट दुई पटकसम्म पराजय ब्यहोरेका नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट बिजयी भएका छन् । भट्टराईले २९ हजार ४ सय ७९ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशवप्रसाद दहालले १६ हजार ८ सय ८८ मत प्राप्त गरे । भट्टराई पहिलो पटक संसदका रुपमा चुनिएका हुन् ।