दीक्षित पक्राउबारे अख्तियारको प्रस्टोक्ति

पत्रकार पक्राउ गरिएको भन्दै स्वदेश तथा विदेशबाट विभिन्न प्रकारका टीकाटिप्पणी भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी संस्थाको अध्यक्षको हैसियतमा मात्रै कनकमणि दीक्षितलाई पक्राउ गरिएको जनाएको छ । एक विज्ञप्ति प्रकाशित गरी आयोगले पत्रकार नै भएका कारण दीक्षितलाई पक्राउ गरिएको नभई सरकारी लगानीको कम्पनीमा संलग्न भएको व्यक्तिलाई छानबिनका लागि पक्राउ गरिएको प्रस्ट्याएको हो ।…