माओवादी अध्यक्ष प्रचण्डलाई कम्युनिस्ट गठबन्धनबाट फर्काउन शक्तिकेन्द्रहरूबाट विभिन्न प्रयास भइरहेका छन् । यस कार्यमा भारतको राजधानी नयाँदिल्लीमा ‘बाह्रबुँदे’ सम्झौता गराउनेहरूको विशेष सक्रियता देखिएको छ । उनीहरूले प्रचण्डलाई वाम गठबन्धनबाट फिर्ता नभए निकै सकस र सङ्कटमा पर्ने चेतावनी दिएका छन् । यसरी चेतावनी दिने हरेकलाई प्रचण्डले भने एकैप्रकारको जवाफ दिने गरेका बुझिएको छ । उनले भन्ने…