नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले पछिल्लो समय नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा रहेको बताएका छन्। नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको बताए। माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि…