नागर्जुन नपाद्वारा प्रशिक्षक लामासहित ६ खेलाडी सम्मानित

१३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नागर्जुन नगरपालिकाभित्र बासोबास गर्ने ६ पदाधिकारी खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् । सो अवसरमा ३ महिनाअघि सम्पन्न वीर गणेशमान बक्सिङ प्रतियोगितामा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा १३औँ दक्षिण एशियाली खेलकुदमा स्वर्णपदकधारी तेक्वान्दो खेलाडी सन्जीला तिमल्सिना र जुडोकी देविका खड्कालाई जनही २५ हजार नगदसहित सम्मान…