कोपा अमेरिका कप : अर्जेन्टिनाको अट्ठाइसवर्षे प्रतीक्षाको सुखद अन्त्य

कोपा अमेरिका कपको फाइनल प्रतियोगितामा ब्राजिललाई १–० ले हराउँदै अजेन्टिनाले ट्रफी आफ्नो पोल्टामा पारेको छ । अर्जेन्टिनाका खेलाडी एन्जेल डी मारियाद्वारा खेलको २२औँ मिनेटमा गरिएको एक गोल नै प्रतियोगिताको निर्णायक गोल बन्न पुग्यो । रियो-डी जेनेरियोको माराकाना स्टेडियममा हात लागेको यो विजयसँगै अर्जेन्टिनाले आफ्नो २८ वर्षदेखिको प्रतीक्षाको सुखद अन्त्य गरेको छ भने ब्राजिलको लागिचाहिँ आफ्नै…