करातेकी चञ्चलालाई रजत पदक

१३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला एकल कातामा नेपाली खेलाडी चञ्चला दनुवारले रजत पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासँग ४२–२५ ले पराजित भएपछि उनले रजत पदकमै चित्त बुझाउनु परेको हो । यसअघि पहिलो चरणमा आफ्नो समुहमा रहेका बंगलादेशका हुमारीका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा…