आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८औँ राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । हक्कीमा पहिलोपटक सहभागी प्रहरीले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई २–१ गोलले पराजित ग¥यो । विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र्र ऐरले १ गोल फर्काए । समूह ‘बी’बाट प्रदेश ७ उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको…